काठमाडौं । लकडाउनका बेला खाना पकाउने ग्यासको अध्यधिक माग भएपछि नेपाल आयल निगमले आधा सिलिण्डर बिक्री वितरण गरेकोमा ग्यासको माग घटेसँगै भरि ग्यास सिलिण्डरको बिक्री शुरु भएको छ । निगमकाअनुसार सबै ग्यास उद्योगले बजारमा १४.२ किलोको भरि ग्यास सिलिण्डर बजारमा पठाइसकेका छन् । पर्याप्त मात्रामा ग्यासका बुलेट भित्रिरहेका कारण ग्यासको अभाव नभएको बताइएको छ ।
देशभरका ५९ ग्यास उद्योगमा करीब १० हजार मेक्ट्रिक टन क्षमता रहेकामा हाल सबैको भण्डारगृह भरिएकाले एक सय बुलेटमा ग्यास राखिँदै आएको बताइन्छ । गत बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले बिहीबारदेखि सिलिण्डर ग्यास भरी आजदेखि सबै ग्यास उद्योगलाई बजारमा ग्यास पठाउन निर्देशन दिएको थियो ।