free website hit counter

फेरि दुई बीमा कम्पनीको आईपिओ खुल्दै

beemaadmin
२०७७ असार २०, शनिबार

काठमाडौं । पुँजी वृद्धिका लागि आईपिओ जारी गर्ने बीमा कम्पनीहरु थपिने क्रममा छन् । यसै क्रममा सानिमा जनरल इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएका छन् । रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीले हाल कायम रहेको पूँजीको ३० प्रतिशत अर्थात सय रुपैयाँ अंकित दरमा ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको प्रकृया अघि बढाएको हो । आइपीओ निष्काशत तथा विक्री प्रबन्धकमा सानिमा क्यापीटल रहेको छ । कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई ईक्रा नेपालले ग्रेड ४ रेट दिएको छ । कम्पनीको हालको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । एक अर्ब ४७ करोड रुपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको कम्पनीले ६३ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्न लागेको हो । त्यस्तै, सानिमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले बोर्डसँग प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो। विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापीटल रहेको छ । केयर रेटिङ नेपालले कम्पनीको यस आइपीओलाई मध्यम अवस्था जनाउने केयर एनपी बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाएपछि आइपीओ खुला प्रक्रिया सुरु हुने कम्पनीले जनाइएको छ ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार