free website hit counter

फेरि मन्त्रिमण्डल विस्तार, बादल पत्नीको प्रवेश

beemaadmin
२०७८ जेष्ठ २७, बिहीबार

काठमाडौं । संसद विघटन गरी चुनाव घोषणा गरीसकेको वर्तमान काम चलाउ भनिएको सरकारले फेरि मन्त्रिमण्डल विस्तार गर्न लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद पुनगर्ठन गरेर पूर्णता दिन लागेका हुन् । यसअघि प्रधानमन्त्रीले सात वटा मन्त्रालय आफैले राखेर १७ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । आज त्यसलाई विस्तार गर्दै पूर्णता दिन लागेको एमाले नेताहरुले बताएका छन । प्रधानमन्त्रीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री बनाउने भएका छन् । त्यसैगरी कैलालीका नारदमुनि राना वनमन्त्री, मोहन बानियाँ विनाविभागीय र नैनकला थापा पनि मन्त्री बन्ने भएकी छिन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी उनी सन्चारमन्त्री बन्ने चर्चा छ । यस्तै ज्वालाकुमारी साह कृषि मन्त्री, राजकिशोर यादव उद्योग मन्त्री गणेश पहाडी, सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्रीमा बन्ने भएका छन् । मन्त्री बन्न लागेकी ज्वाला साह प्रदेश २ बाट माओवादी छाडेर एमाले आएकी नेतृ हुन् । पहाडी एमालेको माधव नेपाल छाडेर भर्खरै ओली खेमामा गएका सिन्धुलीका नेता हुन् । यस्तै रानाले प्रतिनिधसभा निर्वाचनमा आरजु राणालाई हराएका थिए । उनीहरुले आजै बेलुका शपथ लिने तयारी भएको बताइएको छ ।

योगेशनिकट पहाडी पनि मन्त्री
प्रधानमन्त्री ओलीले विस्तार गरेको मन्त्रिपरिषदका ८ जना सदस्यमध्ये एमालेबाट पूर्वमाओवादीसहित ७ जना पर्दा माधव नेपाल समूहका एकजना गणेश पहाडी समेटिएका छन् । माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरुसँग संवाद भइरहे पनि मन्त्री बन्न नमानेपछि योगेश भट्टराईनिकट पहाडीलाई सामान्य प्रशासन मन्त्री बनाइएको हो । सिन्धुलीबाट दुईपटक निर्वाचित भएका पहाडी प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला अनुपस्थित हुने २८ जनामा एक थिए । तर उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन रिट निवेदन दिने बेला भने हस्ताक्षर गरेनन् ।

 

देउवा पत्नी हराउनेलाई मन्त्री उपहार
काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणालाई निर्वाचनमा धराउने नारदमुनि रानालाई वर्तमान सरकारले पुरस्कृत गर्दै मन्त्री बनाउने भएको छ । उनलाई वन तथा वातावरण मन्त्री बनाउने तयारी गरिएको छ । राना समुदायबाट उनी ३५ बर्षपछि मन्त्री बन्न लागेका हुन् । २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत लबरु राना थारु २०४२ सालमा भूमिसुधार राज्य मन्त्री भएकी थिइन् । राज्य मन्त्री बाहेक अहिले सम्म राना समुदायका व्यक्ति फुल मन्त्री भएका छैनन् । कैलाली कञ्चनपुरमा राना थारूहरूको बसोबास छ । राना विघटित प्रतिनिधिसभा सदस्यमा कैलाली ५ बाट निर्वाचित भएका थिए । उनले कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई पराजित गरेका हुन् । २०६४ सालको संविधानसभा सदस्यमा समेत निर्वाचित राना २०५४ सालमा धनगढी उपमहानगरपालिकाको उपप्रमुख बनेका थिए ।

सम्बन्धित समाचार