free website hit counter

फेसबुक आईडी ह्याक गरी अश्लिल सामग्री पठाएपछि युवतीले गरिन् आत्महत्या, युवक पक्राउ

beemaadmin
२०७७ बैशाख २८, आईतवार

धनगढी । अपराधको प्रकृति पनि समय अनुसार परिवर्तन भइरहेको छ । कैलालीको गौरिगंगा नगरपालिका– ९ शंकरपुरकी एक युवतीको फेसबुकबाट आफन्त तथा साथीहरुलाई अश्लिल भिडियो तथा फोटो पठाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक प्रक्राउ परेका छन्। घटनामा संलग्न कन्चनपुरको बेलौरी नगरपालिका–७ बस्ने २३ वर्षीय सन्तराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। घटनाको अनुसन्धानका क्रमममा उक्त अश्लिल भिडियो, फोटो र फेसबुक आइडी लगईन अवस्थामा चौधरीलाई फेला पारिएको र मोबाइल सहित पक्राउ गरी थप अनुसन्धान भई रहेको कैलालीका प्रहरी प्रवक्ता तथा डिएसपी दक्ष कुमार बस्नेतले बताएका छन् । १९ वर्षिया ती युवतीको फेसबुक आइडीबाट निजका आफन्त तथा साथीहरुलाई ती युवकले अश्लिल भिडियो तथा फोटो पठाई चरित्र हत्या गरेका कारण लक्ष्मीले आत्महत्या गरेको सूचना प्रहरीसमक्ष आएको थियो। धनगढी उपमहानगरपालिका– ६ जालीस्थित सुकुटी नालामा झुण्डिएर ती युवतीले हिजो आत्महत्या गरेकी थिइन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार