free website hit counter

फोटोकपी नोटले सुन किनेर टाप…, तलमाथि सक्कली बीचमा नक्कली

beemaadmin
२०७७ आश्विन १, बिहीबार

काठमाडौं। अपराधका पनि परिपरिका घटना सार्वजनिक हुन्छन् । यस्तै क्रममा ललितपुर महानगरपालिका १४ ताल्छीखेलबाट १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बिहीबार बिहान बरामद गरिएको छ। सोही ठाउँस्थित डम्बर बहादुर रिजालको जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका २ जना अपरिचित पुरुषले ५ तोला बराबरको सुनको हार किन्ने बहाना गरी नक्कली नोट दिई बिल समेत नलिई फरा भएका थिए।

त्यसपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले ती नोटहरु बरामदम गरेको महानगरीय प्रहरी ललितपुर परिसरका प्रमुख एसपी टेकप्रसाद राईले जानकारी दिए। प्रहरीले बिल नलिई सुनमात्र लिएर व्यक्तिहरु भागेको खबर पाएपछि प्रहरी सो सुन पसलमा पुगेको उनले बताए। उनले ती व्यक्तिको खोजीसमेत भइरहेको जानकारी दिए। बरामद ५ गड्डीमा ४ सय ६५ थान नक्कली नोट र प्रत्येक गड्डीको माथिल्लो भागमा १–१ थान सक्कली नोट राखेको फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। एसपी राईका अनुसार ती व्यक्तिले स्क्यान गरेका नोटहरु लिएर सुन किनेका थिए। उनले भने, पाँच लाखको गड्डीमा तल र माथि सक्कली नोट राखिएको रहेछ। बीचमा स्क्यान गरेर एकहजार दरका नोट बनाइरहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार