free website hit counter

बजार अनुगमनलाई आक्रामक बनाउँदैः दैनिक लाखौं जरिवाना संकलन

beemaadmin
२०८१ श्रावण ३२, शुक्रबार

काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्ला दिनमा बजार अनुगमनलाई आक्रामक बनाएको छ । खाद्य वस्तुको गुणस्तर, नापतौल, उपभोग्य अवधि लगायतका विषयलाई ध्यान दिएर उपत्यकामा बजार अनुगमनलाई तिव्र बनाएको हो । विभागको महानिर्देशकमा राजन पौडेललाई पठाएपछि उनले बजार अनुगमनको नेतृत्व लिने अनुगमन शाखाको प्रमुखमा राकेश पाण्डेलाई नियुक्त गरेपछि अनुगमन कार्यले तिव्रता पाएको हो । यसअघिका निर्देशकका पालामा बजार अनुगमनका नाममा झारा टार्ने काम मात्रै भएको उपभोक्ताहरुले महसुस गरेका थिए । यतिबेला बजार अनुगमनलाई यति तीव्र बनाइएको छ कि, साउन ३१ गते बिहीबारका दिन मात्रै ३१ वटा फर्महरुमाथि अनुगमन गरी सामान्य चेतावनी देखि लाखौंको जरिवाना समेत गराइएको छ । बिहीबार विभाग स्रोतले दिएको जानकारीअनुसार प्रजापति स्टोर्स एन्ड सप्लायर्स भक्तपुरलाई ५० हजार, भगवती मसला कम्पनीलाई ३ लाख, इन्द्रायणी मेरो अटो प्रालिलाई ५० हजार, आरए हाम्रो स्टोरलाई १० हजार जरिवाना गराइएको छ । त्यसमध्ये प्रजापति र भगवतलाई लगाइएको जरिवाना असुल समेत भइसकेको छ । त्यस्तै निखिल अटो कार, दिनेश इलेक्ट्रोनिक्स कार क्राफ्टलाई समेत कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । यी घटना त उदाहण मात्रै हुन् । विभागले दैनिक रुपमा बजार अनुगमन गरेर कैफियत देखिएकाहरुलाई कारबाही गर्ने प्रक्रियालाई तिव्रता दिएपछि उपभोक्ताले पनि राहत महसुस गर्न थालेका छन् । त्यसैगरी साउन ३० गते बुधबार संखमुल, न्यूरोड, पेप्सिकोला, जावलाखेल, पुल्चोकमा बजार अनुगमन गरी विभिन्न फर्महरुबाट ५० हजारदेखि दुई लाखसम्मको जरिवाना समेत उठाइएको छ । त्यसैगरी साउन २९ गते ६ वटा फर्ममा, साउन २८ गते १० वटा फर्ममा, साउन २७ गते १९ वटा फर्ममा बजार अनुगमन गरिएको थियो । त्यसमा रेडिमेड कपडा बिक्री वितरण गर्ने फर्मदेखि लिएर गाडीका पार्टपूर्जा बेच्ने फर्मसम्म बाणिज्यको अनुगमनमा परेका थिए । विभिन्न पानी उद्योगहरुले प्रशोधित पानी उत्पादन तथा संकलन गरी बिक्री वितरण गरिरहेका तर सोको मूल्यमा एकरुपता नपाएपछि विभागले बोतलको पानी १६ रुपैयाँ र जारको पानी ४७ रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरेको छ ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको कालो बजार नियन्त्रण गरी बजारमा सुशासन कायम गर्ने स्पष्ट प्रतिबद्धता रहेको र विभागलाई समेत सोही किसिमको निर्देशन भएका कारण विभागले पछिल्ला दिनमा बजार अनुगमलाई तिव्रता दिएको हो । विभागको नेतृत्वको सक्रियता र अनुगमन शाखाका निर्देशकको क्रियाशीलताका कारणले नै दैनिक दर्जन भन्दा बढी स्थानमा स्थलगत अनुमगन हुने गरेको छ । प्रत्येक दिन विभागले अनुगमनका लागि कार्यालय समय शुरु भएलगत्तै कार्यतालिका बनाउने र छुट्टा छुट्टै टोली अनुगमनमा पठाउने गरेको छ । कार्यालय समय रहुञ्जेल अनुगमनमै रहेन टोलीका सदस्यहरुले अनिवार्य रुपमा दैनिक कार्यालय समय सकिए पनि विभागमा उपस्थित भएर लिखित अनुगमन प्रतिवेदन बुझाउनु पर्ने र सोही प्रतिवेदनका आधारमा विभागले दैनिक बजार अनुगमन सम्बन्धी जानकारी विभिन्न माध्यमबाट गराउँदै आएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार