free website hit counter

बजार र नागरिकको आवश्यकता अनुसार बीमालेख

beemaadmin
२०८० फाल्गुन ३०, बुधबार

काठमाडौँ । नियामक निकाय नेपाल बीमा प्राधिकरणको आयोजनामा भएको कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बजारको अध्ययन अनुसन्धान गरी नागरिकको आवश्यकता अनुसार बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । मधेस प्रदेशस्थित बीमा कम्पनीका प्रदेश, शाखा तथा उप–शाखा कार्यालयका प्रमुख, कर्मचारी र सरोकारवालाहरूसँग वीरगञ्जमा बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो निर्देशन दिएका हुन् । अध्यक्ष सिलवालको जोड थियो, बीमा कम्पनीहरूले प्राधिकरणबाट स्वीकृत बीमालेखमा कुनैपनि परिवर्तन नगरी हुवहु लागू गर्नुपर्छ, कम्पनीका प्रदेश तथा शाखा कार्यालयले प्रत्यायोजित अधिकार प्रयोग गर्नुपर्छ, दाबी भुक्तानीलाई सहज बनाउन सहयोग गर्नुपर्छ । अध्यक्ष सिलवालले सुशासनको बाटो नहिँड्ने, उधारो बीमा गर्ने, कर्मचारीको तालिमका लागि छुट्याइएको रकम सोही प्रयोजनमा प्रयोग नगर्ने बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरिने बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा सम्बन्धी समग्र विषयमा जानकारी दिनुका साथै कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

सम्बन्धित समाचार