नेपाली सेयर बजारमा रौनक छाएको छ । हाल सेयर बजार दैनिक नयाँ नयाँ रेकर्डहरू कायम गर्न सफल भइरहेको अवस्था छ । पछिल्लो सात कारोबार दिनदेखि निरन्तर उकालो लागेको बजारमा गत हप्ता २९०.५९ अंकको उछाल पश्चात् साताको अन्तिम दिन बिहीबार भने १५.५७ अंकको झिनो करेक्सन भएर नेप्से परिसूचक अंक दुई हजार ५५.४५ को अंकमा बन्द हुन पुगेको छ ।
कारोबार रकमकै कुरा गर्दा पनि दैनिक सातदेखि नौ अर्बभन्दा माथिको कारोबार सामान्य भएको बजारमा हाल अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या उच्च भएको स्पस्ट देखिन्छ । कोभिडले नेपाली सेयर बजारमा अनलाइन ट्रेडिङ, कनेक्स आइपीएस मार्फत भुक्तानी जस्ता प्रविधिको प्रयोग व्यापक बनाएको छ ।
करिब दुई हप्ताभन्दा बढीको बढोत्तरी पश्चात् देखिएको झिनो करेक्सनले बजार करेक्सन हुँदै अघि बढनुपर्छ भन्ने विज्ञहरूले राहत दिएको छ भने बजार सघै उकालो नै लाग्छ भन्ने मान्यतालाई झट्का ।
बजार केही अंकले घटदा लगानीकर्ता पनि खासै दुखी हुनुपर्ने कारण भने देखिदैन । अबको चिन्ता भनेको बढेको बजार दिगो हुन्छ वा हुँदैन भन्ने नै हो । करेक्सनले बजार बढन मद्दत पुग्ने आशामा सबै पक्षमा खुसी छाएको हो । बजार बढदा पनि नेपाली सेयर बजारमा वर्चस्व कायम रहेको बैकिङ्ग समूहको सेयरमा भने आइतबार केही आकर्षण देखिए पनि
सो समूहको सेयरमा लगानीकर्ताको आकर्षण खासै बढ्न सकेको छैन।
त्यसको कारण कोभिडले सो क्षेत्रमा कति क्षति पु¥याएको छ भन्ने कुराको लेखाजोखा नुहनु नै हो । कुनै ठाउँमा आगलागी पछिको नोक्सानी नै हो कति भन्ने आकलन नभए झै बैकिङ्ग क्षेत्रमा कोभिडले पारेको प्रभावको राम्रो अध्ययन जरुरी देखिएको छ । कोभिड अझै अन्त्य भएको छैन अनि बैक वित्तीय सस्थाहरूले पर्यटन तथा यातायात जस्ता कतिपय क्षेत्रमा गरेको लगानी कति सुरक्षित छ आगामी दिनमा खराब कर्जाको मात्रा कति बढने हो ? सो नै मुख्य चिन्ताको विषय हो ।
त्यसको अतिरिक्त नेपाली सेयर बजारमा बैंक तथा वित्तीय क्षेत्रको सेयरको आकार ठूलो भएकोले केही बढोत्तरी हुने वित्तीकै ठूलोमा सेयर विक्रीका लागि आउने हुनाले पनि उच्च कारोबार नभइ बजारमा बैंक तथा वित्तीय क्षेत्रको सेयरमा बढोत्तरी सम्भव छैन । २०७३ साल साउन महिनामा नेप्से एक हजार ८८१ को विन्दुमा पुग्दा बैंकिङ उपसमूहको सूचक पनि झण्डै १८०० कै हाराहारीमा थियो । अहिले नेप्से सूचकले दैनिक नयाँ रेकर्ड कायम गरेर २००० को विन्दु माथि पुग्दा समेत बैंकिङ उपसमुहको सूचक १५१० विन्दु नजिक रहनुले पनि बैंकिङ्ग क्षेत्रको सेयरमा लगानीकर्ताको आकर्षण छैन भन्ने स्पस्ट हुन्छ ।
हिमालयन पावर पार्टनर, अपर तामाकोशी, रसुवा गढी र साञ्जेन जस्ता कम्पनी जुन हाल निर्माणाधिन अवस्था छन र लागत कतिले बढ्छ भन्ने कुराको आकलन पनि छैन त्यस्ता सेयरहरूको मूल्यमा उच्च सुधार देखिनु, हल्लाकै भरमा पुर्नबिमा कम्पनीको उच्च कारोबार र उच्च बढोत्तरी हुनु, विशाल बजार, सिभम सिमेन्ट, जस्ता कम्पनीको बृध्दि आदिलाई भने विश्लेषकहरूले विभिन्न दृष्टिकोणले हेरेका छन । जुन फन्डामेन्टल विश्लेषकहरूको नजरमा त्यति पाँच्य हुन सकेको छैन ।
बजारले बुलिस ट्रेन पकडिएको अवस्था हो अहिले हाल देखिएको करेक्शन भनेको नाफा बुक गर्नेहरूका कारण र लामो सयमदेखि घाटामा रहेका लगानीकर्ता आफ्नो लगानी उठने वित्तीकै सेयर विक्रीमा लागेकोले पनि हो । बजारमा केही स्मार्ट लगानीकर्ताले छोटो समयमा नै ठूलो नाफा कमाउन सफल भएको पाइन्छ ।
आगामी दिनमा पनि सेयरको कर्जा कम व्याजदरमा उपलब्ध हुनु, अन्य व्यवसायिक सम्भावना न्यून हुनुले बजारमा रौनक देखिने निश्चत छ । तर हल्लाको भरमा नभएर कम्पनीको सही विश्लेषण र भविष्यमा गर्नसक्ने प्रगतिको राम्रो लेखाजोखा गर्न नसक्नेले भने सेयर बजारमा सफलता हासिल गर्न नसक्ने निश्चित छ ।
सेयर बजार भनेकै लगानीकर्ता डर र लोभमा रुमलिने बजार हो । हरेक सेयर बजारमा झै नेपाली सेयर बजार पनि त्यति कुरो लागू हुन्छ जसमा नेपाली सेयर बजार मात्र अछुतो छैन । अझ सेयर बजारको भाषामा भन्दा हाल बजारमा घोडा र गधासगै दौडिएको अवस्था हो । अब घोडा चिनेर लगानी गर्न सक्ने क्षमता भने लगानीकर्तामा हुनु जरुरी छ । अन्यथा सेयर बजार नाफाको मात्र बजार होइन यहाँ गुमाउनेहरू पनि प्रसस्तै हुन्छन ।