free website hit counter

बढ्यो इन्धनको मूल्य, जनताको ढाड सेकिने

beemaadmin
२०७९ जेष्ठ ९, सोमबार

काठमाडौं । इन्धनको मूल्य वृद्धि हुँदा जनताको ढाँड सेकिने भएको छ । स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा सरकारले इन्धनमा ठूलो वृद्धि गरेको छ । नेपाल आयल निगमले पुनः इन्धनको मूल्य बढाएको हो । निगमले आइतबार १२ बजे राती देखि लागू हुनेगरी पेट्रोलियम पदार्थ र ग्याँसको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाएको छ । त्यस अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ ।
निगमले हवाई इन्धन (आन्तरिकमा) मा पनि प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेर नयाँ खुद्रा बिक्री मूल्य १६६ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २ सय रुपैयाँले बढाएर प्रति सिलिण्डर १८ सय रूपैयाँ पुर्याएको छ । निगमले यसअघि वैशाख ३१ गते पनि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रूपैयाँले वृद्धि गरेको थियो ।

सम्बन्धित समाचार