काठमाडौं । कात्तिक १६ गते, आईतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै यस दिन चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । आज आइतबारको बजारमा चाँदी प्रतितोला ३ हजार ५५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।