free website hit counter

बन्द उद्योगका कर्मचारीलाई ३० करोड तलब

beemaadmin
२०७६ मंसिर ९, सोमबार

काठमाडौं । राजनीतिक अस्थिरता र व्यवस्थापनको कमजोकरीका कारण बन्द रहेको गोरखकाली रवर उद्योगका कर्मचारीलाई तलब खुवाउने प्रयोजनका लागि सरकारले ३० करोड रुपियाँ दिने भएको छ । नेपालकै एकमात्र रबर उद्योग विगत चार वर्षदेखि पूर्ण रुपमा बन्द भएपछि त्यहाँका कर्मचारीहरु विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आइरहेका छन् । लामो समयदेखि तलब नपाएर समस्यामा परेका गोरखकाली रबर उद्योगका कर्मचारीहरुले तलबवापत ३० करोड रुपैयाँ पाउने भएका छन् । कर्मचारीको चार वर्षदेखि रोकिएर रहेको तलबको केही रकम दोस्रो किस्तामार्फत पाउने जनाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अुनसार उनीहरुले तलबको दोस्रो किस्तामार्फत ३० करोड रुपैयाँ पाउने भएका हुन् ।
उद्योग सञ्चालन भएको अवस्थामा कामको चापले फुर्सद नपाउने कर्मचारीहरु र मजदुरहरु पछिल्लो समय हाँजिर लगाएर घर जान थालेका थिए । २०४१ सालमा स्थापना भएको उद्योग सञ्चालनका लागि पटक पटक प्रयास गर्दा पनि सञ्चालन हुन सकेको छैन । उद्योगमा काम गर्ने कर्मचारी र मजदुरहरुको करिब ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।  उद्योगमा १ सय ३५ मजदुर र ९७ कर्मचारी कार्यरत थिए । उनीहरुले चार वर्षदेखि तलब नपाएको बताउँदै आएका छन् ।

सम्बन्धित समाचार