काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ ।
सर्वोत्तम सिमेन्टको शेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई सरकारले निलम्बन गरी छानविन गरेको थियो । छानविनमा उनी दोषी देखिएपछि सरकारले उनीमाथि कारबाहीको डण्डा बर्षाएको हो । नेपाल सरकारका प्रवक्ता तथा कानुनी मन्त्री ज्ञानेन्द्र कार्कीले बोर्डका अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय भएको पुष्टि गरेका हुन् ।