free website hit counter

‘बलात्कारपछि हत्या’ गरिएकी युवती १० दिनपछि लखर लखर…

beemaadmin
२०७७ भाद्र १९, शुक्रबार

एजेन्सी । एक युवतीको बलात्कारपछि हत्या गरिएको मुद्दामा पुलिसले आरोपीको खोजी गरिरहेको थियो । पुलिसले आरोपीहरुलाई त भेट्टाएन बरु मारिएकी भनिएकी युवतीको भिडियो सार्वजनिक भयो । भिडियोमा युवतीले आफू जीवितै भएको भन्दै लखर लखर आएर बताएपछि सनसनी फैलिएको छ । युवतीको भिडियो सार्वजनिक हुँदासम्म उनका परिवारले उनको अन्तिम संस्कार गरिसकेका थिए । यो सनसनीपूर्ण घटना बिहारको वैशालीको भएको भारतीय संचारमाध्यमले जनाएका छन् । वैशाली जिल्लाको रहीमपुरमा गएको २२ अगष्टमा बाकरपुरका पिताले आफ्नी छोरीको अपहरण भएको भन्दै पुलिसमा रिपोर्ट लेखाएका थिए ।

त्यसको भोलिपल्ट एक युवतीको शव बरामद भयो । लाशको प्रकृति हेर्दा उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको थियो । शवको पहिचान मेटाउनको लागि शवलाई तेजाबले जलाइएको थियो । शव भेटिएपछि पुलिसले हत्याको मुद्दा दर्ता गरेर हत्याराको खोजीमा जुटेको थियो । तर यही बीचमा पुलिसले जुन मेनका नामकी युवतीको शव बरामद गरेर अपहरण र हत्याको अनुसन्धान गरिरहेको थियो उनै युवतीले एक भिडियो जारी गरेर आफू जीवितै भएको बताएकी छिन् । पुलिसले पोस्टमार्टम गरेर हत्याको मुद्दा दर्ता गरेको थियो । परिवारले उनको अन्तिम संस्कार समेत गरिसकेको थियो । उनै युवती अब १० दिनपछि अगाडि आएकी छिन् । भिडियोमा युवतीले आफ्नै इच्छाले भागेर बिहे गरेको बताएकी छिन् । पिता र परिवारले झुटो केस बनाउनको लागि हत्याको केस बनाएको उनले आरोप लगाएकी छिन् । युवतीका अनुसार उनले घरमा पनि फोन गरेर आफू जीवितै भएको बताएकी थिइन् तर परिवारले केस गरेर अन्तिम संस्कार पनि गरिदिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार