free website hit counter

बलात्कारीको नाम हातमा लिएर आत्महत्या

beemaadmin
२०७९ जेष्ठ ३०, सोमबार

एजेन्सी । भारतको उत्तर प्रदेशको कौशाम्बी जिल्लामा शनिबार एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छिन् । उनलाई उपचारका लागि प्रयागराजस्थित अस्पतालमा भर्ना गरिएको थियो जहाँ उनको आज निधन भएको हो । फाँसी दिनुअघि किशोरीले एक युवकमाथि धेरै गम्भीर आरोप लगाएकी थिइन् र हातमा लेखेकी थिइन्– मेरो मृत्युको जिम्मेवार कलीम हो। वास्तवमा, शनिबार एक १७ वर्षीया युवतीले आत्महत्या गर्ने निर्णय गरेर फाँसीमा झुण्डिएकी थिइन् । उनको घरमा कोही पनि थिएन तर छिमेकीले केही नराम्रो भएको हुन सक्ने आशंका भएपछि उनको घर पुगेका थिए । त्यतिबेला उनी पासोमा झण्डिरहेकी थिइन् । हतारमा गाउँका मानिसहरूले उनलाई डोरी फुकालेर तल झारे ।


युवतीका परिवारका सदस्यले उनको दुवै खुट्टा र दुवै हातमा लेखिएको देखे– कलीमका कारण मेरो मृत्यु भयो । कलिमको नाम सुन्नेबित्तिकै परिवारका सदस्यहरु रिसले आगो भए तर त्यतिबेलासम्म उनकोको सास चलिरहेकोले उनीहरुको अगाडि पहिलो चुनौती उनको ज्यान बचाउनु थियो । परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । आफन्तका अनुसार आरोपित कलीमले २ वर्षअघि आफ्नी १५ वर्षीया नाबालिग छोरीको झुक्याएर अश्लिल भिडियो बनाएपछि भिडियो भाइरल बनाउने धम्की दिएर लगातार युवतीलाई फोन गरेर बोलाउँदै यौन शोषण गरेका थिए । एक दिन उनले रुँदै आमालाई सबै कुरा बताएकी थिइन् ।
त्यसपछि युवतीका परिवारले उनलाई घरबाट टाढा आफन्तको घरमा पढ्न पठाए । यति हुँदाहुँदै पनि कलिमले पिछा छोडेनन्, उनको धम्की बढ्दै गयो । आजित भएपछि उनी पढाइ छाडेर घर फर्किइन् र एक दिन घरमा कोही नभएको अवस्थामा फाँसीमा झुण्डिएकी थिइन् । अहिले पीडितको मृत्यु भएको छ । यस मामिलामा प्रयागराज रेन्जका आईजी राकेश सिंहले मे ४ को घटना रहेको बताए, जसमा आरोपी युवकलाई पक्राउ गरी सोधपुछ गरिरहेको छ ।

सम्बन्धित समाचार