free website hit counter

बलात्कारीलाई पक्राउ गर्न, चौकीमै धर्ना

beemaadmin
२०७७ आश्विन १२, सोमबार

अभिनेत्री पायल घोषले आफूलाई बलात्कार गर्ने बलिउड निर्देशक अनुराग कश्यपलाई पक्राउ नगरे भोक हडताल गर्ने चेतावनी दिएकी छन्। घोषले निर्देशक कश्यपविरूद्ध मुम्बईस्थित वर्षोवा प्रहरी चौकीमा उजुरी दिएकी छन्। निर्देशक कश्यपविरूद्ध प्रहरीमा उजुरी दिएको साता दिनपछि उजुरीको पछिल्लो स्थिति बुझ्न त्यहाँ पुगेकी घोषले यस्तो चेतावनी दिएकी हुन्।

उनले प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गर्नेमा आफूलाई विश्वास भएको तर केही नगरेमा भने प्रहरी चौकीमा नै भोक हडताल गर्ने बताएकी छन्। उनी त्यहाँ पुग्दा उनको उजुरीको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीको रात्रिकालिन ड्यूटी भएका कारण उनको भेट हुनसकेन। उनले ती अधिकारी भेट्न पुनः कार्यालय आउने जनाएकी छन्। पायलले निर्देशक कश्यपले सन् २०१३ मा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छिन्। कश्यपले भने आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गर्दै आधारहीन भएको बताएका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार