free website hit counter

बलात्कारीलाई मृत्युदण्डको फैसलापछि पुलिस स्टेशनमा दिपावली

beemaadmin
२०७७ श्रावण ३१, शनिबार

मुम्बई । बलात्कारीलाई मृत्यु दण्डको सजायँ हुने छिमेकी मुलुम भारतमा अझै बलात्कार घट्ना बढ्दो अवस्थामा छ । महाराष्ट्रको बुलढाणामा १ जर्ष पहिले ९ वर्षकी बालिकालाई कलात्कार गर्ने २ अभियुक्तलाई अदालतले मृत्युदण्डको सजाय सुनाएपछि यो मुद्दाको अनुसन्धान गर्ने पुलिस स्टेशनका पुलिसकर्मीहरुले दिपावली गरेर खुसी मनाएका छन् ।

दिव्यमराठीका अनुसार बिहीबार बलात्कारका दुवै आरोपीहरुलाई बुलडाणाको जिल्ला तथा सत्र न्यायालयले मृत्युदण्डको सजाय सुनाएको हो । न्यायालयको निर्णयपछि मुद्दाको अनुसन्धान गर्ने चिखली पुलिस स्टेशनका पुलिसकर्मीले पुलिस स्टेशनलाई बेहुलीझैं सजाए, पटाखा पड्काए र दिपावली गरेर खुसी मनाए ।

२६ अप्रिल २०१९ मा २ युवकले ९ वर्षकी बालिकालाई बलात्कार गरेका थिए । बालिका आफ्ना मातापितासँग सुतिरहेको बेला ती २ जनाले उनलाई उठाएर सुनसान ठाउँमा लगी बलात्कार गरेका थिए । पीडित बालिकाका पिताको उजुरीअनुसार आरोपीहरु सागर विश्वनाथ र निखिल शिवाजीलाई पक्राउ गरिएको थियो । यो घटनापछि त्यहाँका स्थानीय अपराधीलाई कडा सजायको माग थर्दै सडकमा उत्रिएका थिए । एक दिन पूरै शहर बन्द गरिएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार