free website hit counter

बलात्कारी श्रीमानलाई जोगाउन….

beemaadmin
२०७८ फाल्गुन ८, आईतवार

एजेन्सी । महिलाहरु सहनसिल र ठूलो मनका हुन्छन् । आफ्ना बलात्कारी श्रीमानलाई सजायबाट बचाउनका लागि एक महिलाले पीडित युवतीलाई आफ्ना श्रीमानसँग बिहे गराइदिएर आफ्नी सौता बनाइन् । उनले गहिरो षड्यन्त्र अनुसार पीडित युवतीलाई ललाइफकाइ आफ्ना श्रीमानसँग बिहे गराइदिएकी थिइन् । बिहे गराइदिएपछि पीडित युवतीले पुलिसमा उजुरी गरिनन् ।
बिहे भइसकेपछि भने पति र पत्नी मिलेर पीडित युवतीलाई प्रताडित गर्न थाले । आरोपी पति र उनकी पत्नीले पीडित युवतीलाई गालीगलौज गर्ने गर्थे । यसबाट दिक्क भएपछि पीडित न्यायको लागि अदालत पुगेकी छिन् । मध्य प्रदेशको भोपालका यी आरोपी पति रेलवेमा तैनाथ थिए । उनलाई बलात्कारको आरोपबाट बचाउन पत्नीले बलात्कार पीडितसँग पतिको बिहे गराइदिएकी थिइन् ।
बिहेपछि भने पति पत्नी दुवैले ती युवतीलाई आफ्नो साथमा राख्न अस्वीकार गरे । दिक्क भएकी पीडित अदालत पुगिन् । भारतीय मिडियाका अनुसार अदालतको आदेशपछि आरोपी पतिविरुद्ध बलात्कारको मुद्दा चलाइएको छ भने उनकी पत्नीविरुद्ध धोकाधडीको मुद्दा चलाइएको छ । पुलिसका अनुसार पीडित २५ वर्षकी युवती निजी कम्पनीमा काम गर्छिन् ।
२०१८ मा पीडित युवती र आरोपी दशरथ सतालेको भेट भएको थियो । दशरथले उनलाई प्रेममा फसाएर शारीरिक शोषण गरे । पछि युवतीले दशरथ विवाहित भएको थाहा पाइन् । उनी दशरथ विरुद्ध बलात्कारको मुद्दा हाल्न पुलिसमा जान खोजिन् । त्यसपछि दशरथकी पत्नी विनिताले आफूले नै उनीहरुको विवाह गराइदिने र पीडितलाई सौताको रुपमा स्वीकार गर्ने बताइन् ।
बिहेको कुरा आएपछि ती युवती राजी भइन् । दुवैको एक मन्दिरमा बिहे भयो । बिहेको केही समयपछि दशरथले युवतीलाई आफूसँग राख्न अस्वीकार गरे । त्यसपछि पीडितले अदालतमा उजुरी दिइन् । अदालतको आदेशपछि पुलिसले दुवै आरोपीविरुद्ध मुद्दा अगाडि बढाएको छ । तर, आरोपीहरु गिरफ्तार भने भइसकेका छैनन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार