free website hit counter

बलात्कार आरोपपछि ज्यानमाथि नै धम्की

beemaadmin
२०७७ आश्विन १४, बुधबार

मुम्बइ। बलिउड अभिनेत्री पायल घोषले मंगलबार महाराष्ट्रका राज्यपाल भगत सिंह कोशियारीसँग भेट गरेर आफ्नो लागि वाइ श्रेणीको सुरक्षाको माग गरेकी छिन् । मिडियासँग कुराकानीमा पायलले भनिन् ‘उहाँअगाडि हामीले आफ्नो कुरा राखेका छौं । उहाँको रेकर्डको लागि उजुरी पत्र पनि दिएका छौं । हामीले उहाँसँग वाइ श्रेणीको सुरक्षाको माग गरेका छौं र उहाँले हामीसँग निकै राम्रो व्यवहार गर्नुभयो । हामीले उहाँबाट राम्रो प्रतिक्रिया पाएका छौं ।’ पायलले सोमबार राज्यसभा सदस्य रामदार अठावलेसँग एक पत्रकार सम्मेलन गरेकी थिइन् । त्यहाँ उनले अनुराग कश्यपमाथि आरोप लगाएपछि आफूलाई ज्यानको खतरा भएको बताएकी थिइन् । आज पायल यही विषयमा कुरा गर्न महाराष्ट्रका गभर्नरलाई भेट्न गएकी थिइन् । अनुराग कश्यपमाथि यौनशोषणको आरोप लगाएकी पायलले पुलिसले यस विषयमा कारवाही अगाडि नबढाएको भन्दै हिजो बर्सोवा पुलिस स्टेशन गएकी थिइन् । उनले पुलिसले कारवाही नगरे अनसन बस्ने चेतावनी पनि दिएकी थिइन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार