free website hit counter

बलात्कार आरोपीलाई भिड्ले भेटेपछि….

beemaadmin
२०७८ चैत्र २, बुधबार

एजेन्सी । आफैंले बलात्कार गरेकी एक पीडितलाई भेट्न गएका एक युवकलाई भिडले कुटेर मारिदिएका छन् । मृतक युवकको शव उखु खेतमा भेटिएको छ । भारतको उत्तर प्रदेशको मुजफ्फरनगरमा युवकको शव अर्धनग्न अवस्थामा उखु खेतमा भेटिएको हो । मृतक युवकका परिवारले गाउँकै अर्को एक परिवारले पुरानो रिसिबीका कारण उनको अत्या गरेको आरोप लगाएको भारतीय मिडियाले जनाएका छन् ।
मुजफ्फरनगरको तितावी थाना क्षेत्रमा शनिबार दिउँसो ३३ वर्षका प्रदिप भनिने सोनुको शव उखु खेतमा भेटिएको थियो । मृतकका काकातिरका भाइ अंकितका अनुसार गाउँको एक परिवारसँग उनको पुरानो रिसिबी छ । अंकितका अनुसार सोनु केही वर्ष पहिले बलात्कारको आरोपमा जेल पनि गएका थिए । २ वर्ष पहिले उनी जमानतमा छुटेका थिए । परिवारका अनुसार शनिबार सोनु आफूलाई बलात्कारको आरोप लगाउने महिलालाई भेट्न गएका थिए । त्यसपछि महिलाको पक्षका मानिसहरु लाठी बोकेर सोनुको घर आएका थिए । उनीहरुलाई देखेर सोनु घरबाट भागेका थिए । मृतकको परिवारको दावी अनुसार भिडले उनलाई बाटोमा कतै भेरेर उनको हत्या गरेको र त्यसपछि शवलाई खेतमा फालिदिएका हुन् । पुलिसले शवलाई पोस्टमार्टमको लागि पठाएर थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार