free website hit counter

बलात्कृत युवती ३० फिट माथिबाट हामफालेपछि…

beemaadmin
२०७८ बैशाख ५, आईतवार

एजेन्सी । महिला हिंसाको पीडा विश्वव्यापी रुपमा छ । के विकसित मुलुक के अविकसित मुलुक सबैतिर हिंसाका घटना भइनै रहेका छन् । यौन आक्रमणकारीबाट बच्न ३० फिट माथिको झ्यालबाट हाम्फाल्न बाध्य भएकी एक किशोरीलाई प्रहरीले फिल्मी शैलीमा बचाएको छ। १८ वर्षकी ती किशोरीलाई १९ वर्षकी एक साथीकै सहयोगमा ३७ र २६ वर्षका २ पुरुषले बलात्कार गरेका थिए । रुसको अल्ताइ क्षेत्रको बर्नाउलमा ती किशोरी तीन तला माथिको झ्यालबाट हाम्फालेकी थिइन् ।

संयोगले ती किशोरी झ्यालमा जाँदा तल दुई पुलिस अधिकारीहरु सार्जेन्ट ओलेग कोरोब्किन र वारेन्ट अफिसर अलेक्जेन्डर बुदुसेभ थिए । त्यही बाटो कक्षामा जान लागेकी अर्की पुलिसकर्मी ओल्गा बेब्को पनि उनीहरुलाई सहयोग गर्न आइन् । उनीहरुले किशोरीलाई शान्त रहन आग्रह गर्दै थिए तर अचानक किशोरीले हाम्फालिन् ।

ती दुई पुरुष पुलिस अधिकारीले ती किशोरीहातमा थापेर भुइामा खस्नबाट बचाए । रसियन इन्भेस्टिगेसन कमिटीका अनुसार १९ वर्षकी बलात्कारीकी सहयोगी किशोरीले आफूले चिनेका दुई पुरुषलाई फ्ल्याटमा बोलाएकी थिइन् । उनले पीडित किशोरीलाई पनि बोलाएकी थिइन् । जब पीडित फ्ल्याटमा पुगिन् तीन जनाले उनलाई कुटे र दुई पुरुषले उनलाई बलात्कार गरे । बच्न प्रयासमा ती किशोरी झ्यालबाट हाम्फालेकी थिइन् । सार्जेन्ट कोरोबिनका अनुसार किशोरीको खुट्टामा चोट लागेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार