free website hit counter

बलिउडमा पोर्न भिडियोको धन्दा छ्यापछ्याप्ती

beemaadmin
२०७८ श्रावण २०, बुधबार

एजेन्सी । केही हप्ताअघि मुम्बइ पुलिसले पोर्न भिडियो बनाएको आरोपमा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई पक्राउ गरेको थियो । त्यसपछि पोर्न फिल्मको यो केसमा कैयौं अभिनेत्रीहरु पनि मुछिएका छन् । यही बीचमा पश्चिम बंगाल पुलिसले एक अभिनेत्रीलाई पोर्न फिल्म बनाएको आरोपमा पक्राउ गरेको छ । कोलकाता पुलिसले मोडल तथा अभिनेत्री नन्दिता दासलाई पक्राउ गरेको टाइम्स अफ इण्डियाले जनाएको छ । नन्दिता वयस्क वेब सिरिजमा काम गर्छिन् । नन्दिताको साथमा उनका सहकर्मी मैनाक घोषलाई पनि पक्राउ गरिएको छ । यी दुईले नयाँ युवतीहरुलाई वेब सिरिजमा काम दिने र बलिउडमा समेत ब्रेक दिने लोभ देखाएर तथा धम्क्याएर समेत जबरजस्ती पोर्न भिडियो बनाउने गरेको आरोप छ । नन्दिताले स्वयं पनि अश्लील फिल्ममा काम गरिसकेकी छिन् जसमा उनको नाम न्यान्सी भाभी थियो ।
नन्दिता र मैनाकविरुद्ध २६ जुलाइमा २ युवा मोडलले उजुरी दर्ता गराएका थिए । त्यसपछि पुलिसले यी दुईलाई घरबाटै पक्राउ गरेको हो । उजुरी दिने एक मोडलले बेलीगंजस्थित एक स्टुडियोमा जबरजस्ती आफ्नो नग्न भिडियो खिचिएको बताएकी छिन् । उनले सहरको न्यू टाउन होटलमा आफ्नी एक साथीलाई पनि जबरजस्ती वयस्क भिडियोमा काम गराइएको बताएकी छिन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार