free website hit counter

बलिउड नायक दिलिप कुमार पनि क्वारेन्टाइनमा

beemaadmin
२०७६ चैत्र ४, मंगलवार

एजेन्सी । बलिउडका दिग्गज कलाकार दिलिप कुमार पनि क्वारेन्टाइनमा रहेका छन् । उनले आफू क्वारेन्टाइनमा भएको जानकारी दिएका हुन् । उनले नोभेल कोरोनाभाइरसको महामारीबाट बच्नका लागि सावधानीस्वरुप आफूलाई पूर्ण आइसोलेशन र क्वारेन्टाइनमा राखेको बताएका छन् । ९७ वर्षका नायकले आफ्नो स्वास्थ्यबारे ट्वीटरमा जानकारी दिएका छन् । उनकी श्रीमती सायरा बानुले उनलाई कुनै संक्रमण नहोस् भन्ने कुराको सुनिश्चित गरिरहेको पनि उनले बताएका छन् । कोरोना भाइरसको संक्रमणपछि मैले आफूलाई पूर्ण रुपमा आइसोलेशन र क्वारेन्टाइनमा राखेको छु, कुमारले ट्वीट गरेका छन् । सायराले मलाई कुनै पनि संक्रमण नहोस् भन्ने कुराको सुनिश्चित गरेकी छिन् । नायक दिलिप कुमारले आफ्ना प्रशंसक र फलोअर्सलाई सकेसम्म घर भित्रै बस्न आग्रह गरेका छन् ।
कोरोनाभाइरसले सबै सीमा पार गरिरहेको छ, उनले भने । स्वास्थ्य विभागले जारी गरेको गाइडलाइन अनुसरण गर्नुहोस्, अरुलाई कमै भेट्नुहोस् । गत हप्ता बानुले दिलिप कुमारलाई अत्यधिक ढाड दुख्ने समस्या देखिएको बताएकी थिइन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार