free website hit counter

बाख्रासँग बिहे, पण्डित जी खोरमा

beemaadmin
२०७८ श्रावण १६, शनिबार

एजेन्सी । खोरमा बस्ने बाखोसँग एक युवकको बिहे गराइदिने पण्डितजी चाहिँ खोरमा पुगेका छन् । बाख्रासँग बिहे गर्ने एक युवक र बिहे गराइदिने पण्डितलाई प्रहरीले हिरासतमा लिएको हो । ती युवकले बाख्रासँग बिहे गरिरहेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले एक्सन लिएको हो । यो बिहेको भिडियो अहिले पनि सामाजिक संजालमा चर्चाको विषय बनेको छ । यो बिहे पाकिस्तानको मिरपुरखास जिल्लामा भएको पाकिस्तानी मिडिया द न्यूजले जनाएको छ । बाख्रासँग बिहे गर्ने युवक हिन्दू हुन् र उनको नाम अशोक भेल भएको बताइएको छ । भिडियोमा अशोकले मिरपुरखास जिल्लाको डिगरी क्षेत्रमा बाख्रासँग बिहेको सबै रितिरिवाज पूरा गरिरहेको देख्न सकिन्छ । भिडियोमा बिहे गर्ने युवकका मातापिता पनि बिहेमा उपस्थित भएको देखिन्छ । पछि प्रहरीले बेहुला अशोक भेल र बिहे गराइदिने पण्डित भगत भेललाई हिरासतमा लिएको समाचारमा जनाइएको छ । पण्डित भगतले प्रहरीलाई बताएअनुसार उनीहरुको विश्वासमा कुनै पनि विधवा वा सम्बन्धविच्छेद गरेकी महिलाले अविवाहित युवकसँग बिहे गर्नु हुँदैन । त्यसैले ती युवकको पहिले बाख्रासँग बिहे गराइदिएर उनलाई ‘विवाहित’ बनाउन खोजिएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार