free website hit counter

बाढीपहिरोका कारण क्षति भएका सम्पत्ति र मोटर बीमाको सर्वाधीक माग दाबी

beemaadmin
२०८१ आश्विन २३, बुधबार

काठमाण्डौ । सम्पत्तिको जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्नेहरुले सम्पत्तिमा क्षति पुगेपछि माग दाबी गर्ने नै भए । बाढीपहिरोको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा सर्वाधिक सम्पत्ति बीमा र मोटर बीमाको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुमा हालसम्म कुल ३३४ वटा सम्पत्ति बीमा र १५६ वटा मोटर बीमाको दाबी परेको छ । प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचना बमोजिम सम्पत्ति बीमातर्फ १२५८ वटा र मोटर बीमातर्फ ५४३ वटा दाबी पर्न सक्ने प्राधिकरणले प्रक्षेपण गरेको छ । हालसम्म सम्पत्ति बीमातर्फ २ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ बराबरको दाबी परिसकेको छ भने सो दाबी रकम बढेर ६ अर्ब ११ करोड ५१ लाख रुपैयाँ पुग्न सक्ने प्राािधकरणले अनुमान रेको छ । यसका साथै मोटर बीमातर्फ पनि ४ करोड ५६ लाख रुपैयाँ बराबरको दाबी परिसकेको छ भने प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचना बमोजिम उक्त दाबी रकम २७ करोड ३० लाख रुपैयाँ पुग्ने सक्ने प्राधिकरणले अनुमान गरेको छ । प्राधिकरणका अनुसार हालसम्म सर्वाधिक सम्पत्ति बीमाको लागि दाबी परेको छ । पछिल्लो समय आएको भिषण वर्षाले सर्वसाधारणहरुको सबैभन्दा बढी सम्पत्तिमा क्षति पुर्याएको देखिएको छ । यसकारण अहिलेसम्म निर्जीवन बीमा कम्पनीहरुमा २ अर्ब ३१ करोड रुपैयाँ बराबरको बीमा दाबी माग गरिएको छ । त्यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमाअन्तर्गत पनि हालसम्म ६३ वटा दाबीको कुल २८ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा दाबी माग परेको छ । प्राधिकरणका अनुसार उक्त दाबी बढेर १४९ वटा दाबीको ७१ करोड ८९ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै, सार्वजनिक तर्फको मोटर बीमामा पनि हालसम्म निर्जीवन बीमा कम्पनीहरुमा ५४ वटा दाबीको कुल १ करोड ८५ लाख रुपैयाँको दाबी माग परेको छ । उक्त दाबी प्रारम्भिक निरीक्षण बमोजिम २४६ वटा पुग्ने र दाबी रकम पनि १५ करोड ४५ लाख रुपैयाँ पुग्ने प्राधिकरणले अनुमान गरेको छ । यसका साथै कृषि तथा बालि बीमा अन्तर्गत हालसम्म ९५ वटा दाबीको ३८ लाख ६७ हजार रुपैयाँ बराबरको बीमा दाबी माग परेको छ । उक्त दाबी ९६ पुग्ने र दाबी रकम पनि ४३ लाख ६७ हजार रुपैयाँ पुग्ने प्राधिकरणको प्रक्षेपण रहेको छ भने पशुपन्छी बीमामा पनि हालसम्म ५ वटा दाबीको ३५ लाख ७० हजार रुपैयाँको दाबी परेको छ । उक्त दाबी बढेर १९ पुग्ने र दाबी रकम समेत १ करोड १५ लाख रुपैयाँ पुग्ने प्राधिकरणको अनुमान छ । यता सामुन्द्रिक बीमातर्फ भने हालसम्म जम्मा एउटा मात्रै बीमा दाबी परेको प्राधिकरणले जनाएको । निर्जीवन बीमा कम्पनीमा सामुन्द्रिक बीमातर्फ एउटा दाबी वापत ६ लाख रुपैयाँ बराबरको दाबी माग परेको हो । तर उक्त दाबी बढेर १८ वटा पुग्ने र दाबी रकम समेत ९३ लाख २३ हजार रुपैयाँ पुग्न सक्ने प्राधिकरणको प्रक्षेपण रहेको छ । नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमाको दायरालाई थप विस्तार गर्दै सम्पत्ति बीमा सम्बन्धी नयाँ बीमा निर्देशिका जारी गरेको थियो । जसअन्तर्गत जोखिमको आधारमा सम्पत्तिको वर्गिकरण गरेर निहित जोखिमकै आधारमा बीमादर समेत कायम गर्ने अवधारणा ल्याएको छ । निहित जोखिमको आधारमा प्राधिकरणले जोखिमयुक्त सम्पत्तिलाई अति सामान्य, सामान्य जोखिम, मध्यम जोखिम, उच्च मध्यम जोखिम, न्यून खतराजन्य जोखिम, मध्यम खतराजन्य जोखिम र उच्च खतराजन्य जोखिममा वर्गिकरण गरेको छ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार