free website hit counter

बाढीपीडितका लागि कुमारी बैंकको ३ करोड ३९ लाख सहयोग

beemaadmin
२०८३ भाद्र ११, बिहीबार

काठमाडौं । कुमारी बैंक लिमिटेडले बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ उपलब्ध गराएको जनाएको छ । साथै, विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन करिब ३९ लाख रुपैयाँ बराबरका पाँच एआई जडित निगरानी ड्रोन, तीन वटा ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर र १०० वटा पावर बैंक नेपाली सेनालाई उपलब्ध गराएको छ ।

हालैको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो क्षति पुगेको छ । प्रभावित नागरिकलाई राहत, खाद्यान्न, अस्थायी आवास तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग समन्वय गरी सहयोग गरिएको बैंकले जनाएको छ ।

कुमारी बैंकले विपद्को समयमा समुदायप्रतिको सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै राहत, उद्धार र पुनर्स्थापना अभियानमा आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ । साथै बैंकले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताको सुरक्षित खोजी र उद्धारको कामना गरेको छ ।

सम्बन्धित समाचार