free website hit counter

बाढी प्रभावित क्षेत्रको खोज, उद्धार र पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

beemaadmin
२०८३ भाद्र २५, बिहीबार

काठमाडौं । बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत तथा पुनःस्थापनालाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दैछ।

प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने गरी मन्त्रिपरिषद् बोलाएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत तथा प्रभावित नागरिकको पुनःस्थापनामा निरन्तर जुटिरहेको छ।

सोही क्रममा बाढी प्रभावित क्षेत्रमा भइरहेका खोज तथा उद्धारका कामलाई थप प्रभावकारी बनाउने, राहत तथा उपचारलाई व्यवस्थित गर्ने र प्रभावित नागरिकको पुनःस्थापनाका लागि आवश्यक निर्णय गर्ने उद्देश्यले बैठक बोलाइएको कार्यालयले जनाएको छ।

बैठकमा बाढीबाट भएको क्षति, जारी उद्धार तथा राहत अभियान र पुनःस्थापनाका लागि तत्काल चाल्नुपर्ने कदमबारे छलफल हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार