free website hit counter

बादल पनि ओली विरोधी कित्तामा, ६ नेताले यस्तो गरे निर्णय

beemaadmin
२०७७ असार १८, बिहीबार

काठमाडौं । व्यक्तिवाद र गुटबन्दीलाई मात्रै प्रोत्साहन गरेको आरोप लागेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एक भएर लाग्न सचिवालयका ६ नेता एक ढिक्का भएका छन् । यसअघि प्रधानमन्त्रीका पक्षमा देखिएका गृहमन्त्री रामबहादुर थापा बादल समेत ओली विरोधी कित्तामा उभिएका छन् ।
बैठकमा सहभागी ६ जनै सचिवालय सदस्यहरुले ओलीको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष समेत बैठकले निकालेको छ । पार्टी कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सम्मिलित बैठकले ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने निर्णय गरेका हुन्। बैठकमा प्रचण्ड र माधव नेपाल पक्षधर स्थायी समिति सदस्यहरुको समेत सहभागिता रहेको थियो । ३ घण्टा लामो ललिपुरको झम्सीखेलमा चलेको ओलीविरोधी जमघटले साझा रणनीति समेत बनाएको छ । केही दिनदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको सरकार र पार्टी सञ्चालनको शैलीप्रति विरोध जनाउँदै प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहितका नेताले दुबै पद छोड्न दबाब दिँदै आएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार