एजेन्सी । साना कारणले पनि मासिनले आफ्नो ज्यान फाल्ने प्रयास गर्छन् । एक मोडलले आइतबार भवनको छैटौं तलाबाट हाम्फालेकी छिन् । उनले आत्महत्या गर्ने नियतले हाम्फालेको भए पनि उनको ज्यान भने जान पाएन । भारतको राजस्थान राज्यको जोधपुर सहरको रातानाडामा रहेको एक होटलबाट उनले हाम्फालेकी हुन् । यी मोडलको नाम गुनगुन उपाध्याय भएको बताइएको छ । उनी जोधपुरकै माता का थान निवासी गणेश उपाध्यायकी छोरी भएको बताइएको छ । उनी रातानाडास्थित होटल लर्डसमा बसेकी थिइन् । अहिले अस्पतालमा उनको उपचार भइरहेको छ । उनी खतरामुक्त भएको बताइएको छ ।
पुलिसले भारतीय मिडियालाई दिएको जानकारीअनुसार गुनगुन मोडलिङ गर्छिन् । उनी शनिबार उदयपुरबाट जोधपुर आएकी थिइन् । जोधपुर आएपछि उनले पितालाई फोन गरेर आफू आत्महत्या गर्न गइरहेको बताएकी थिइन् । उनले पितालाई आफ्नो अन्तिम अनुहार हेर्न भनेकी थिइन् । त्यसपछि पिता गणेशले तत्काल पुलिसमा सम्पर्क गरेका थिए ।
पिताको सूचनापछि एसीपी देरावर सिंहले फोन नम्बरका आधारमा गसनगुन भएको ठाउँ पत्ता लगाएका थिए । त्यसपछि पुलिस होटल पुगेको थियो तर पुलिसले उनलाई बचाउन नपाउँदै उनले छैटौं तलाबाट हाम्फालिन् । उनलाई तत्काल मथुरादास माथुर अस्पताल लगियो ।
अस्पतालका डाक्टरले उनको छाती र खुट्टाको हड्डी भाँचिएको बताएका छन् । अहिले पनि उनको स्थिति गम्भीर छ । उनले आत्महत्याको प्रयास किन गरिन् भन्ने प्रस्ट भइसकेको छैन । उचाइबाट तल खस्ता उनको धेरै रगत बगेको डाक्टरले बताएका छन् । डाक्६रका अनुसार उनी अहिले केही बताउने अवस्थामा छैनन् । होस आएपछि मात्रै आत्महत्याको कारणबारे खुलासा हुन सक्नेछ ।