free website hit counter

बार्दलीमा नांगै फोटो खिचाउने यिनीहरु पो रहेछन्

beemaadmin
२०७७ चैत्र २६, बिहीबार

एजेन्सी । अर्काको मुलुकमा आएर त्यो देशको कानुनले बर्जित गरेको काम गर्ने हिम्मत सानातिना मानिसलाई पक्कै हुँदैन । तर शक्ति केन्द्रका मानिसले गर्ने यस्ता गैरकानुनी काममा त्यो देशको सरकार पनि नरम हुने गर्दछ । दुबइमा बाल्कोनीमा नग्न पोज दिने महिलाहरु सबै मोडल भएको र उनीहरुमध्ये धेरैजसो युक्रेनका भएको खुलासा भएको छ । यससँगै यसअघि समाचारमा आएजस्तो उनीहरु १२ जना नभइ ४० जना थिए । यी मोडलहरु सोभियत युनियनबाट टुक्रिएका देशहरु रुस, बेलारुस र मोल्दोभाका थिए तर तीमध्ये ११ जना युक्रेनका भएको त्यहाँको विदेश मन्त्रालयले पुष्टि गरेको डेलीमेलले जनाएको छ ।

मोडलहरुको फोटोसुट आयोजकको रुपमा पक्राउ परेका व्यक्ति रुसका नागरिक ३३ वर्षका एलेक्सेइ कोन्स्तोभ भएको रुसी मिडियाले बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी गर्लफ्रेण्ड दावी गरिएकी पूर्व ओलम्पिक खेलाडी एलिना कबाएबाको स्वामित्वको मिडिया समूहले संचालन गर्ने अखबार लाइफका अनुसार यो परियोजनाका ४० मोडलहरु संलग्न थिए । सार्वजनिक भएको भिडियो र तस्वीरमा ती मोडलमध्ये थोरै मात्रै देखिएका थिए । पक्राउ परेका उनीहरुलाई ६ महिनासम्म जेल सजाय हुन सक्ने बताइएको छ । दुबइको कानुनमा यसप्रकारको नग्नताजन्य व्यवहारका लागि ६ महिना जेल सजाय हुन सक्छ ।

दुबइमा पोर्नोग्राफिक सामग्री सेयर गर्नु गम्भीर अपराध मानिन्छ जसमा आजीवन कारावाससम्मको सजाय र ५ लाख दिरामसम्म जरिवाना हुन सक्छ । यो देशको कानुन इस्लामिक शरिया कानुनमा आधारित छ । यी मोडलहरुको फोटोशुट अमेरिकी वयस्क वेबसाइटको इजरायली संस्करणको लागि गरिएको हुन सक्ने आशंका गरिएको थियो । युक्रेनको विदेश मन्त्रालयले आफ्ना ११ महिला नागरिक दुबइमा पक्राउ परेको विश्वास गरिएको बताएको छ । दुबइको सरकारी अखबार द नेशनलले यसलाई पब्लिसिटी स्टन्ट भनेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार