free website hit counter

बालमन्दिर जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय

beemaadmin
२०८२ बैशाख २४, बुधबार

काठमाडौं । महान्यायाधिवक्ता कार्यालय बालमन्दिर जग्गा प्रकरणमा रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ । सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरी महान्यायाधिवक्ता कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पत्र पठाएको हो । उक्त पत्र आएसँगै सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने तयारी जिल्ला सरकारी वकिलको कार्यालयले गरिरहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीसहित दुई तहको सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निष्कर्ष निकालिसकेको फाइललाई महान्यायाधिवक्ताको कार्यालयले उल्ट्याउँदै प्रतिवादीहरूमाथि मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको हो । बालमन्दिरकी तत्कालीन अध्यक्ष रितासिंह उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् । गत वर्ष वैशाखमा पनि बाल संगठनका पूर्वपदाधिकारी लगायतविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको भन्दै सीआईबीमा जग्गा विवादमा संलग्न व्यक्तिहरूविरुद्ध जाहेरी परेको थियो । संगठनको जग्गा व्यापारीलाई सुम्पने कार्य गरेको भन्दै जाहेरी परेको हो । जाहेरीमा २०८९ सालमा सकिने सम्झौता पनि बदनियत रूपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ । नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी ९पछिल्लो सम्झौताअनुसार० लिजमा दिइएको थियो ।

सम्बन्धित समाचार