free website hit counter

बालिकाको यौन भिडियो आदानप्रदान गर्दा मकाउमा ११ नेपाली समातिए

beemaadmin
२०७७ भाद्र ११, बिहीबार

मकाउ । मकाउमा ११ जना नेपाली युवा पक्राउ परेका छन् । उनीहरुलाई कम उमेरकी एक बालिकाको यौन भिडियो एक एपको प्रयोग गरी एक अर्कालाई शेयर गरेको र विदेशमा रहेका अन्यलाई पनि पठाएको अभियोग लगाइएको छ ।

पक्राउ परेका सबै नेपाली युवाहरु विभिन्न फरक फरक कम्पनीमा सुरक्षा गार्डको रुपमा काम गर्ने त्यहाँको टिडिएम टेलिभिजनले आफ्नो समाचारमा जनाएको छ । पक्राउ परेका नेपालीले आफूहरुले भिडियो शेयर गरेको स्वीकार गरेका छन् । उनीहरुले यसबाट कुनै प्रकारको लाभ लिएको आरोप भने अस्वीकार गरेका छन् ।

रिपोर्टका अनुसार एक एपमार्फत बालिकाको अश्लील भिडियो शेयर भइरहेको पाइएपछि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले मकाउ प्रहरीलाई यसबारे कारवाही अघि बढाउन भनेको थियो । यसरी उमेर नपुगेका बालबालिकाको यौनजन्य भिडियो हेर्नु र शेयर गर्नु पनि त्यहाँको कानुनअनुसार अपराध मानिन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार