free website hit counter

बालुवाटारमा विज्ञसँग छलफल शुरु

beemaadmin
२०७७ श्रावण २०, मंगलवार

काठमाडौं । कोरोना संक्रमण डरलाग्दो गरी फैलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नियन्त्रण तथा रोकथामका लागि विज्ञहरुसँग छलफल थालेका छन् । लकडाउनको अन्त्य गर्दै जनजीवन सहज बनाउने प्रयास गरेपछि कोरोना संक्रमण डरलाग्दो गरी फैलिन पुगेपछि विज्ञहरुले फेरि लकडाउन लगायत सुरक्षाका अरु उपाय अपनाउनुपर्ने सुझाव दिँर्दै आएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख प्रतिपक्ष दलका नेताहरु समेत सहभागी छन् । छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी दलका महन्त ठाकुर पनि सहभागी छन् । मुलुकमा पछिल्लो समय कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन् ।

सरकारले लकडाउन खुला गरेपछि संक्रमण फैलिएको भन्दै विज्ञहरुले पुनः लकडाउन गर्नुपर्ने सुझाव दिँदै आएका छन् । सरकारले विज्ञहरुको राय बुझेर लकडाउन गर्ने या नगर्ने भन्ने निर्णय गर्ने तयारी गरेको छ । बैठक सीसीएमसीका पदाधिकारीको पनि सहभागिता रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार