free website hit counter

बालुवाटारले वास्ता नगरेपछि ‘पाए’ घर फर्किन तयार

beemaadmin
२०७८ जेष्ठ २३, आईतवार

काठमाडौं । नेकपाको एकता सम्मानित सर्वोच्च अदालतले भताभुंग बनाएपछि सबै आ–आफ्नै थातथलोमा फर्किए, तर एक थान मन्त्रीको लोभमा माओवादीका केही नेता एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलकै पक्षमा शतिसालझैं उभिए । उनीहरुको यो अडानपछि पार्टीले उनीहरुको सांसद पद खोस्यो, सर्वोच्चले मन्त्री पद ।

अहिले उनीहरु घर न घाटको अवस्थामा छन् । एमालेभित्रै पदको भागवण्डा मिलेको छैन भने माधव नेपाल र झलनाथ खनालको घर छाड्ने धम्की जारी नै छ । एकातिर मन्त्री पद खोसिएको र अर्कोतिर एमालेभित्र आन्तरिक किचलोको पेलाइमा परेका कारण बादल, टोपबहादुरसहितका पूर्व माओवादी नेताहरु मिल्थ्यो भने पुरानै अवस्थामा आउन चाहन्छन् । बालुवाटार र महन्थहरुको सहकार्यले छाँयामा परेको महसुस गरेका पूर्वमाओवादी नेताहरु पछिल्लो समय प्रधानमन्त्री ओलीसँग चिढिएका छन् ।

राष्ट्रियसभामा बादलको पराजयदेखि अदालतको आदेशसम्म बालुवाटारको चाहनाअनुसार नै भैरहेको आमचर्चाका बीच उनीहरु एमाले छोड्ने सोचमा पुगेको विश्वस्त स्रोतले बताएको छ । मन्त्री पद छउन्जेल माधव नेपालहरुलाई एमालेमा स्वागत गर्छौँ भन्ने टोपबहादुर अहिले माओवादीले स्वागत गर्दिए हुन्थ्यो भन्ने अवस्थामा पुगेको बताइएकोछ । जेठ ६ गते सर्वोच्चले मन्त्रीका रुपमा काम नगर्नू भनेर आदेश दिएपनि उनीहरुले पुल्चोकस्थित क्वार्टर छाडेका थिएनन् ।

अदालतले मन्त्रीका रुपमा काम नगर्नू मात्र भनेता पनि ओलीले सबै कुरा आफू अनुकूल गराएर आफूहरुको हकमा भने “युज एण्ड थ्रो” को नीति अवलम्बन गरेको महसुस उनीहरुले गरेका छन् । प्रधानमन्त्री ओलीले अस्ति जसपाको महन्थ खेमाका १० जनालाई मन्त्री नियुक्त गरेपछि बादलहरु अहिले डेरा सर्ने तयारीमा छन् । टोपबहादुरले आफ्नो सम्पर्क सूत्रमार्फत प्रचण्डसम्म कुरा पुर्याइ सकेको बताइएको छ । तर अध्यक्ष प्रचण्ड भने संकटका बेला युद्ध मैदानबाट टाउको लुकाएर बसेका पूर्व माओवादीलाई सहजै स्वीकार गर्ने पक्षमा नदेखिएको बताइन्छ ।

सम्बन्धित समाचार

मिथिला लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार

आशा लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार