free website hit counter

बालुवाटार कब्जा गर्ने ढकालको घरमा बम विस्फोट (पर्चासहित)

beemaadmin
२०७६ माघ २, बिहीबार

काठमाडौं। सरकारी स्वामित्वको बालुवाटार कब्जा गर्ने भूमाफिया शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । प्रहरीका अनुसार विस्फोटमा घरको शिशा फुटेको छ भने पार्किङ गरेर राखेको गाडी गेटमा पनि क्षति भएको छ । उक्त घट्नाको जिम्मा नेकपा विप्लव समूहले लिएको छ ।

विस्फोट आसपास फेला परेको विप्लव समूहको पर्चामा बालुवाटार जग्गा कब्जा गर्नेलाई पार्टीले कारवाही गर्ने उल्लेख गरिएको छ। पर्चामा ुशोभाकान्त ढकाल ललिता निवासको सरकारी जमिन व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने प्रपन्चका मुख्य योजनाकार भएकाले उनको घरमा वम विस्फोट गराएको उल्लेख छ। विस्फोटबाट ढकालको साढे दुई तले घरको शिशा फुटेको छ भने बा ५ च ९५५९ नम्बरको टोयोटा गाडीमा क्षति पुगेको छ। घरको गेट पूर्णरूपमा ध्वस्त भएको छ। छिमेकीका तीन वटा घरका झ्याल, ढोकाका शिशा पनि फुटेका छन्।

यस्तो छ घटनास्थलमा फालिएको पर्चा

सम्बन्धित समाचार