काठमाडौं । स्वतन्त्रको हैसियतमा काठमाडौंको मेयर बनेका बालेन शाहले आजबाट राजीनामा दिएर राजनीतिमा सक्रिय हुने भनिएकोमा मेयर शाहलले पदबाट राजीनामा नदिने भएका छन्। आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्न लागेका छन्। त्यसका लागि उनले मेयरबाट राजीनामा दिने तयारी गरेका थिए। तर, कानुन व्यवसायीसँगको परामर्शपछि राजीनामा नदिने निर्णयमा पुगेका हुन्। उहाँले राजीनामा अघि कानुनी सल्लाहकारसँग छलफल गर्नुभएको थियो। प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरेपछि मेयर पदबाट स्वतः हट्ने कानुनी प्रावधान रहेको जानकारी पाएपछि राजीनामा नदिने निष्कर्षमा पुग्नुभयो, उनको सचिवालयले स्पष्ट पारेको छ । यद्यपि उनी आज पहिलो पटक रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुने प्रवक्ता मनिष झाले जानकारी दिए। बालेन रास्वपाको वरिष्ठ नेता हुन्। रास्वपा केन्द्रीय समिति बैठक आजै दिउँसो २ बजे बस्दै छ। उनी त्यसअघि केन्द्रीय कार्यालय जान लागेका छन्।