काठमाण्डौ । बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले सबै मन्त्रालयसँग सम्बन्धित १०० वटा निर्णय गरेको छ ।
एक मन्त्रीका अनुसार पूर्व तयारी अनुसार विभिन्न मन्त्रालयबाट आएका प्रस्ताव तथा प्रधानमन्त्री बालेन शाहले कोरेको खाकाअनुसारका १०० वटा निर्णय भएका हुन् । जसलाई सरकारले शासकीय सुधारका लागि एक सयवटा कार्य स्वीकृत गर्ने निर्णय भनेको छ । ती निर्णयमध्ये गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन सम्बन्धी छानबिन गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने विषय पनि एउटा हो । त्यस्तै, सरकारको प्रवक्तामा नवनियुक्त शिक्षामन्त्री सस्मित पोखरेललाई नियुक्त गर्ने अर्को निर्णय समेत भएको छ । बाँकी निर्णयहरु चाहिँ शनिवारसम्म सार्वजनिक गरिने एक मन्त्रीले जानकारी दिए । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकमा सबै मन्त्रालयसँग सम्बन्धित १०० वटा निर्णय भएका छन् । ती निर्णयबारे पछि सार्वजनिक गराइने बताइएको छ ।