free website hit counter

बालेन बिहानै पुगे जानकी मन्दिर

beemaadmin
२०८२ माघ ५, सोमबार

काठमाडौं ।काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा रास्वपा नेता बालेन्द्र शाह आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेका छन्। मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुगेका हुन्। जानकी मन्दिर दर्शनका क्रममा बालेन एक्लै थिएनन्, उनीसँगै प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि उपस्थित थिए। दुवै जनाले सँगै बसेर आरती अवलोकन गर्नुका साथै पूजाअर्चना गरे। ऐतिहासिक र धार्मिक महत्त्व बोकेको जानकी मन्दिरमा बिहानै बालेन र अमरेशलाई एकसाथ देख्दा स्थानीय तथा दर्शनार्थीहरूको भीडमा छुट्टै रौनक देखिएको थियो। बालेनको यो जनकपुर भ्रमणलाई धेरैले चासोका साथ हेरेका छन्।

सम्बन्धित समाचार