free website hit counter

बाल्कोनीमा नग्न भएर फोटो पोज

beemaadmin
२०७७ चैत्र २४, मंगलवार

एजेन्सी । मान्छेको दिमाग हो कतिबेला के गर्छ भन्न सकिँदैन । दुबइ पुलिसले बाल्कोनीमा नग्न भएर पोज दिने केही महिलाहरुलाई पक्राउ गरेको छ । पुलिसले यी महिलाहरुलाई सार्वजनिक रुपमा अनैतिक आचरण गरेको अभियोगमा पक्राउ गरिएको जनाएको छ । यी महिलाहरुको तस्वीर र भिडियो सामाजिक संजालमा भाइरल भइरहेको थियो ।

फोटो र भिडियो भाइरल भएपछि पुलिसले उनीहरुलाई पक्राउ गरेको हो । फोटोमा दर्जनभन्दा बढी महिलाहरुलाई एक सुटको लागि पोज दिइरहेको देखिन्छ । दुबइको एक पश क्षेत्रको बाल्कोनीमा उभिएका यी महिलाहरुको तस्वीर एक व्यवसायिक फोटोग्राफरले खिचिरहेका थिए । तर, अर्को बाल्कोनीमा भएका अर्का एक व्यक्तिले समेत यी महिलाहरुको फोटो खिचेर भाइरल गरिदिए ।

द नेशनलको एक रिपोर्टमा यो पब्लिसिटी स्टन्ट हुन सक्ने बताइएको छ । रिपोर्टअनुसार यी महिलाहरुलाई ६ महिनासम्म जेल सजाय सुनाइन सक्छ । साथमा उनीहरुलाई ५ हजार दिराम (१ लाख ६० हजार रुपैयाँ) जरिवाना समेत हुन सक्ने बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार