free website hit counter

‘बाल्ट्रालेले सार्वजनिक गर्यो विजेताहरुको नाम

beemaadmin
२०७६ माघ २२, बुधबार

काठमाडौं । दशैं सकिएको चार महिनापछि बाल्ट्रा होम एप्लाइन्सेस्ले दशैं, तिहार तथा छठपर्वको अवसरमा ल्याएको ‘दशैं ल्यायो’ नामक योजनाका विजेताको नाम घोषणा गरेको छ ।

यस योजना अन्तर्गत कम्पनीले बाल्ट्राको बिग तथा स्मल एप्लाइन्सेस्को खरिदमा लक्की ड्र मार्फत ५१ जना भाग्यशाली ग्राहकहरुका लागि आकर्षक उपहारहरुका साथै १ वर्षको अतिरिक्त वारेन्टी जित्ने मौका प्रदान गरेको थियो ।

कम्पनीले यस योजना अन्तर्गतका विजयी ग्राहकहरुको नाम आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको छ । विजयी ग्राहकहरु मध्ये पाल्पाका घन बहादुर सरुले भाटभटेनी, बुटवलबाट खरिद गरेको बाल्ट्रा एप्लाइन्सेस्मा बम्पर उपहार स्वरुप बाल्ट्राको ५५ इन्चको स्मार्ट टिभी जित्न सफल भएको बताइएको छ ।

त्यसै गरी उक्त योजनाअन्तर्गत २ जनाले ४० इन्चको टिभी, ३ जनाले ३२ इन्चको टिभी, ५ जनाले साउण्ड बार, १० जनाले मिक्सर ग्राइन्डर, १५ जनाले राईस कुकर, र १५ जनाले आइरन जस्ता आकर्षक उपहारहरु जित्न सफल हुनुभएको छ ।

ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । यसका साथै नेपाली बजारमा बिग एप्लाईन्सेस्को क्षेत्रमा बाल्ट्राले अग्रणी स्थान हासिल गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार