काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहकहरुको लागि ‘बिओके स्मार्ट सेभिङ अकाउण्ट’ सार्वजनिक गरेको छ । ‘कारोबार अब अझ फटाफट’ भन्ने मुलनाराका साथ ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरुमा थुप्रै छुटको साथै उच्चतम ब्याजदरको ब्यवस्थासहित बैंकले उक्त बचत खाता संचालनमा ल्याएको हो । उक्त बचत खाता ग्राहकहरुले अनलाइनको माध्यमबाट पनि खाता खोल्न सक्नेछन् । यस बचत खाता खोल्दा ग्राहकले ६.५५ प्रतिशत वार्षिक ब्याजदरसहित मोबाईल बैंकिङ्ग शुल्क, डेबिट कार्ड शुल्क र बिओके इ–कम डलर कार्ड शुल्कमा ५०५ को छुट तथा अन्य बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन् । यो बचत खाताले ग्राहकहरुको बैंकिङ्ग कारोबारमा सहजता बनाउने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।