free website hit counter

बिक्री आम्दानी घट्दा शिवम् सिमेन्ट्सको नाफा १.७२ प्रतिशत घट्यो

beemaadmin
२०८३ श्रावण २८, बिहीबार

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म खुद नाफा सामान्य घटेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ७८ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ७९ करोड ८१ लाख रुपैयाँ थियो। यसअनुसार कम्पनीको खुद नाफा १.७२ प्रतिशतले घटेको हो।

Advertisement
Advertisement

कम्पनीको नाफामा आएको गिरावटको मुख्य कारण बिक्री आम्दानी घट्नु देखिएको छ। समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १०.८७ प्रतिशतले घटेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा पनि ७.८४ प्रतिशतले घटेको छ।

Advertisement
Advertisement

यता कम्पनीको वित्तीय खर्च भने १९.४४ प्रतिशतले बढेको छ। कुल खर्चमा भने १३.२५ प्रतिशतले कमी आएको वित्तीय विवरणमा उल्लेख छ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि सामान्य घटेको छ। अघिल्लो अवधिको तुलनामा ईपीएस ६० पैसा घटेर १४ रुपैयाँ ३ पैसामा सीमित भएको छ।

गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ७६ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात ४४.२७ गुणा कायम भएको छ।

कम्पनीको चुक्ता पुँजी ५ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ रहेको छ। यस्तै, कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ९६ करोड रुपैयाँ सञ्चित रहेको छ।

सम्बन्धित समाचार