free website hit counter

बिग मर्जरको औपचारिक शुभारम्भ

beemaadmin
२०७६ मंसिर २०, शुक्रबार

काठमाडौं । नेपाल सरकारले आर्थिक नीतिमा बीग मर्जरको योजना ल्याएसँगै पहिलो बीग मर्जर सम्पन्न भएको छ । ग्लोबल आईएमई बैंक र जनता बैंकबीच मर्जरपछि शुक्रबारबाट औपचारिक एकीकृत कारोबार शुरु भएको छ । अर्थ मन्त्री डा. युवराज खतिवडाले बिग मर्जरको शुक्रबार औपचारिक शुभारम्भ गरेका हुन् ।

मर्जर कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. खतिवडाले क वर्गका दुई बैंकहरु ग्लोबल आईएमई र जनता बैंक नेपाल गाभिएको घोषणा गरेर बिग मर्जर शुभारम्भ गरेका हुन् । राष्ट्र बैंकले ठूला बैंक धेरै भएको भन्दै मर्जरमा जाने नीति आर्थिक नीतिमै उल्लेख गरेसँगै बिग मर्जरको औपचारिक सुरुवात भएको थियो। दुई वाणिज्य बैंक गाभिएसँगै नेपालमा क वर्गका वाणिज्य बैंकको संख्या २७ मा झरेको छ ।
यी दुई बैंक एक भए पनि अन्य वाणिज्य बैंकहरूले एक आसपमा गाभिन प्रयास गरेका छैनन् । ठूला बैंकहरुले विकास बैंक र फाइनान्स कम्पनीहरुसँग मर्जरका लागि छलफल गरिरहेका छन् । ग्लोबल र जनता गाभिएपछि बनेको ग्लोबल आइएमई बैंक मुलुककै ठूलो बैक बन्न पुगेको छ । १९ अर्ब चुक्ता पुँजी, ३०० बढी शाखा र २० लाख भन्दा बढी ग्राहक यस बैंकसँग आवद्ध छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार