free website hit counter

बिग मर्जरको औपचारिक शुभारम्भ

beemaadmin
२०७६ मंसिर २०, शुक्रबार

काठमाडौं । नेपाल सरकारले आर्थिक नीतिमा बीग मर्जरको योजना ल्याएसँगै पहिलो बीग मर्जर सम्पन्न भएको छ । ग्लोबल आईएमई बैंक र जनता बैंकबीच मर्जरपछि शुक्रबारबाट औपचारिक एकीकृत कारोबार शुरु भएको छ । अर्थ मन्त्री डा. युवराज खतिवडाले बिग मर्जरको शुक्रबार औपचारिक शुभारम्भ गरेका हुन् ।

मर्जर कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. खतिवडाले क वर्गका दुई बैंकहरु ग्लोबल आईएमई र जनता बैंक नेपाल गाभिएको घोषणा गरेर बिग मर्जर शुभारम्भ गरेका हुन् । राष्ट्र बैंकले ठूला बैंक धेरै भएको भन्दै मर्जरमा जाने नीति आर्थिक नीतिमै उल्लेख गरेसँगै बिग मर्जरको औपचारिक सुरुवात भएको थियो। दुई वाणिज्य बैंक गाभिएसँगै नेपालमा क वर्गका वाणिज्य बैंकको संख्या २७ मा झरेको छ ।
यी दुई बैंक एक भए पनि अन्य वाणिज्य बैंकहरूले एक आसपमा गाभिन प्रयास गरेका छैनन् । ठूला बैंकहरुले विकास बैंक र फाइनान्स कम्पनीहरुसँग मर्जरका लागि छलफल गरिरहेका छन् । ग्लोबल र जनता गाभिएपछि बनेको ग्लोबल आइएमई बैंक मुलुककै ठूलो बैक बन्न पुगेको छ । १९ अर्ब चुक्ता पुँजी, ३०० बढी शाखा र २० लाख भन्दा बढी ग्राहक यस बैंकसँग आवद्ध छन् ।

सम्बन्धित समाचार