काठमाडौं । यादवमणि उपाध्याय राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समितिको बिज्ञ सञ्चालक नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले यादवमणि उपाध्यायलाई बिज्ञ सञ्चालकको रुपमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
उता, राष्ट्रिय बीमा कम्पनीले रिक्त सिईओ तथा डिसिईओ नियुक्ति प्रक्रिया छिट्टै सुरु गर्ने भएको छ । राष्ट्रिय बीमा संस्थानसँगको पुरानो करको लफडाको कारण काम गर्न अप्ठेरो भएको भन्दै अब नयाँ स्वरुपमा कम्पनीले काम कारवाही अघि बढाउने योजना बनाएको बताइएको छ । आगामी सञ्चालक समितिको बैठकमा नयाँ सिईओ नियुक्तीको लागि प्रक्रिया सुरु गर्ने प्रस्ताव लैजाने तयारी भएको बुझिएको छ ।