free website hit counter

बिमितका परिवारलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले दियो १३ लाख भुक्तानी

beemaadmin
२०७७ माघ ४, आईतवार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी अन्तर्गत १३ लाख रुपैयाँ विमितका परिवारलाई हस्तान्तरण गरेको छ ।

कम्पनीमा जीवन बीमा गरेका यज्ञप्रसाद गुरुङ्गको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकोले कम्पनीले बीमा बापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले गत पुस २१ गते नै मृतक बिमितको परिवारलाई सो मात्राको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका ताहाचालका क्लस्टर प्रमुख नविन श्रेष्ठले कम्पनीको नीति अनुरुप बिमितलाई समयमा नै दावी भुक्तानी प्रदान गरेको बताएका छन् ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार