free website hit counter

बिरामी भएपछि सत्ता छाड्दै जापानका प्रधानमन्त्री

beemaadmin
२०७७ भाद्र १२, शुक्रबार

एजेन्सी । हाम्रो देशमा सत्तामा पुगेकाहरुलाई त्यहाँबाट तल झार्न मुस्किलै हुन्छ । लिसो जस्तो टासिने प्रवृत्ति सबै दल र नेताहरुमा रहेको छ । तर बिरामी भएपछि जापानका प्रधानमन्त्री सिन्जो आबेले पदावधि सकिनु एक वर्षअगावै राजीनामा दिने भएका छन्। जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। उक्त सम्बोधनबाट उनले राजीनामा दिन लागेका बताइएको छ।
आफ्नो स्वास्थ्यका कारण सरकारको काममा असर नपरोस् भनेर उहाँले राजीनामा दिने निर्णय गर्नुभएको हो, उनीनिकट स्रोतले भनेको छ। पछिल्लो समय उनी लगातार दुई पटक अस्पताल गएपछि उनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी गरिएको छ। यसअघि पनि आबेले सन् २००७ मा स्वास्थ्यका कारण प्रधानमन्त्री नियुक्त भएको वर्ष दिनमै राजीनामा दिएका थिए। आबे लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन्।
आबे जापानमा सबैभन्दा बढी समय लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुन्। अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री आबेले रगत बान्ता गर्ने गरेको हल्ला चलेको थियो। पछिल्लो समय उनी सार्वजनिक कार्यक्रममा सहभागी नभएकाले उनको स्वास्थ्यमा गम्भीर समस्या भएको अड्कल गरिएको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार