free website hit counter

बिहीबार उच्च अदालतमा महराको सुनुवाई

beemaadmin
२०७६ मंसिर १८, बुधबार

काठमाडौं । जबरजस्ती करणी अभियोगमा पुर्पक्ष थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बिहीबारबाट उच्च अदालतमा सुनुवाई शुरु हुँदैछ । जिल्ला अदालतको आदेश विरुद्ध महरा उच्च अदालत पुगेका थिए । महराले उच्च अदालतमा निवेदन दिएपछि सुनुवाई गर्दै उच्च अदालत पाटनले जिल्ला अदालतको कैफियत प्रतिवेदन मगाउने आदेश दिएको थियो।

महराका तर्फबाट उच्च अदालतमा निवेदन दर्ता भएपछि मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जिल्ला अदालते पुर्पक्ष थुनामा पठाउन आदेश दिँदा लिएका आधार कारण र सक्कल मिसिल पठाउन आदेश दिएको थियो।
उच्च अदालतको सुनुवाईपछि महरालाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा तारेखमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश हुनेछ । महराले जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै ५ मंसीरमा उच्च अदालतमा निवेदन दिएका थिए।

संसद सचिवालयकी महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको अभियोगमा कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुर्दशनराज पाण्डको इजलासले पुर्पक्ष थुनामा राख्न आदेश दिएको थियो। हाल उनी डिल्लीबजार कारागारमा छन्। असोज १२ गते बेलुका तीनकुनेस्थित महिला कर्मचारीको कोठमा पुगेर जबरजस्ती करणीको प्रयास गरेको आरोपमा महरा सभामुख निवासबाटै असोज १९ गते पक्राउ परेका थिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार