free website hit counter

बिहेकै दिनको घटनाले सुहागरात जेलमा

beemaadmin
२०७८ चैत्र १८, शुक्रबार

एजेन्सी । एक जोडीको बिहेको क्रममा यस्तो घटना भयो कि बेहुला र दुलही जेल जान बाध्य भए । उनीहरु सुहागरातको दिन पनि जेलमै बसे । बेहुलाका एक साथी पनि उनीसँगै जेलमा थिए । विवाहको दिन बेहुलीले आफ्नै आमामाथि आक्रमण गरेकी थियन् । यो आक्रमणमा बेहुला र उनका साथीले पनि साथ दिएका थिए । आक्रमणमा नराम्ररी घाइते भएकी महिलाको उजुरीका आधारमा प्रहरीले दम्पती र उनका साथीलाई जेल पठाएको हो । स्कटल्याण्डको यो घटना सन् २०१९ को हो । तर अहिले अदालतले यस विषयमा फैसला गरेको छ । अदालतले दुलहा र दुलहीलाई दोषी ठहर गरेको छ । लिभिङ्स्टन शेरिफ अदालतले दुलहा, दुलही र तिनीहरूको साथीलाई कुटपिटको लागि दोषी ठहर गरेको छ। ‘द सन’का अनुसार २६ वर्षीया क्लेयर गुडब्रान्ड र ३३ वर्षीय इमोन गुडब्रान्डको विवाहमा हंगामा भएको थियो ।

विवाहको पार्टीमा पाहुनाले अत्यधिक रक्सी पिएका थिए। यसैबीच, क्लेयरले आफ्नी ४७ वर्षीया आमा चेरी–एन लिन्डसेलाई कुनै कुरालाई लिएर कुटपिट गरिन् । क्लेयरले आफ्नी आमा लिन्डसेलाई कपाल लुछेको र जुत्ताले कुटपिट गरेको आरोप छ । उनले लिन्डसेलाई मुक्का पनि हानेकी थिइन् । बेहुला इमोन गुडब्रान्ड र उनको साथी किरनले लिन्डसेका पति डेभिडलाई आक्रमण गरे।

पेशेवर बक्सर रहेका इमोनले डेभिडमाथि मुक्का हानेका थिए । इमोन र किरनको आक्रमणको शिकार विवाहमा अन्य पाहुना पनि भए। कुटपिटको यो घटना सीसीटीभी फुटेजमा कैद भएको छ । घटनापछि प्रहरी घटनास्थल पुगेको थियो । लिन्डसे र अन्यको उजुरीको आधारमा क्लेयर, उनका पति इमोन र इमोनको साथी किरनलाई पुलिसले हिरासतमा लिएको थियो। तीनैजनाले जेलमै रात बिताउनुपरेको थियो ।

सम्बन्धित समाचार