free website hit counter

बीच बाटोमा एम्बुलेन्स हल्लिएपछि…

beemaadmin
२०७८ जेष्ठ ३, सोमबार

एजेन्सी । विश्व समुदाय कोरोनाको त्रासदीमा छ । सबैलाई ज्यानै बचाउने चिन्ताले सताएको छ । तर केही आपराधिक मानसिकताका मान्छे भने यसलाई मजाक बनाइरहेका छन् । कोरोनाभाइरस महामारीको संक्रमण बढिरहेका बेला अहिले बिरामीका लागि एम्बुलेन्स पाउन निकै कठिन छ । अस्पतालमा बेड, भेन्टिलेटर, अक्सिजनसँगै अस्पताल लैजाने एम्बुलेन्स पाउन पनि निकै गाह्रो छ । मानिसहरु बिरामी लैजान र शव लैजान एम्बुलेन्स नपाएर निकै कष्टसाथ काम चलाइरहेका घटना अहिले प्रशस्तै देखिन्छन् । तर, दुषित सोच भएका मानिसहरुलाई यसले केही फरक पार्दैन । यस्तै घटना भारतको वाराणसीमा भएको छ । बाटोको छेउमा रोकेर राखिएको एक एम्बुलेस्नभित्र एउटी युवतीसँग ३ जना पुरुषले मस्ती गरिरहेको खुलासा भएको छ । भारतीय मिडियाका अनुसार वाराणसीको रामनगर थाना क्षेत्रमा पर्ने सुजाबादमा घटना भएको हो । यहाँ एक एम्बुलेन्सभित्र अनैतिक काममा संलग्न ३ पुरुष र एक युवतीलाई पुलिसले पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरि हिरासतमा राखिएको छ । घटनाको खुलासा त्यहाँका स्थानीयले त्यो एम्बुलेन्स हल्लिइरहेको देखेपछि भएको थियो । स्थानीयले त्यहाँ रोकेर राखिएको बन्द एम्बुलेन्स हल्लिरहेको देखेका थिए तर लामो समयसम्म एम्बुलेन्स त्यहीँ रहेपछि उनीहरुले पुलिसलाई खबर गरेका थिए । पुलिस आएर हेर्दा एम्बुलेन्सभित्र १ युवती र तीन युवक अनैतिक काम गर्दै थिए । उनीहरुलाई पक्राउ गरी सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ । एम्बुलेन्स पनि जफत गरिएको छ । एम्बुलेन्स स्थानीय गंगा सेवा सदन नामको अस्पतालको भएको पाइएको छ । अस्पतालले एक युवकलाई भाडामा उक्त एम्बुलेन्स चलाउन दिएको थियो ।पुलिसका अनुसार यो अस्पतालका यसअघि पनि गुनासो र अनियमितता आइसकेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार