free website hit counter

बीमक, बीमित र अन्य पक्षको साझेदारीबाट नै बीमाको प्रवर्द्धन

beemaadmin
२०८१ भाद्र १५, शनिबार

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानीका लागि सरकारसँग पहल भइरहेको बताएका छन् । शुक्रबार लुम्बिनी प्रदेशको बुटवलमा उद्योग वाणिज्य सङ्घ, रुपन्देहीसँगको सहकार्यमा आयोजित बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । बीमा कम्पनीहरूले बीमाको पुनर्बीमा गर्ने हुनाले सबै दाबी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम हुन्छन् । यसमा प्राधिकरणले पनि नजिकबाट नियमन गरिरहेको हुन्छ, अध्यक्ष सिलवालले भने, कोरोना कालमा भएको कोरोना बीमाको बक्यौता दाबी भुक्तानी छिटोभन्दा छिटो भुक्तानी गराउन प्राधिकरणले सरकारसँग आवश्यक पहल गरिरहेको छ । बीमितले आफूले लिएको बीमालेख राम्रोसँग पढ्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष सिलवालले भने, बीमक, बीमित र अन्य पक्षको साझेदारीबाट नै बीमाको प्रवर्द्धन हुन्छ । प्राधिकरणले सम्बद्ध सबैको भावना समेटेर नीति निर्देशिका बनाउने गरेको छ । उद्योगीहरूको समस्या समाधान गर्न प्राधिकरण सधैँ तत्पर छ, उनले भने । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बीमा गर्दा सहज हुने तर दाबी भुक्तानी पाउन कठिन हुने हुनाले त्यसलाई सरलीकरण गर्नुपर्ने र आफूले रोजेको जोखिमको मात्र बीमा गर्न पाउने व्यवस्था हुनुपर्ने धारणा राखे । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा दाबीलाई सरल तुल्याउँदै लगिएको र बीमा कम्पनीमा छिटो प्रतिवेदन प्राप्त होस् भनेर बीमा सर्भेयरलाई सङ्ख्या तोकेर काममा लगाउने व्यवस्था गरिएको बताए । उनले बीमादरलाई समयानुकूल बनाउन परिमार्जन गरिएको समेत स्पष्ट पारे । निर्देशक सुवेदीले हुलदङ्गा लगायतका बीमालाई स्वेच्छिक बनाउन र प्रहरी मुचुल्का तथा प्रहरी प्रतिवेदनलाई डिजिटल गर्न लागिएको समेत जानकारी दिए । कार्यक्रममा सहभागीहरूले बीमा दाबी प्रक्रियालाई सरल तुल्याउनुपर्ने, हुलदङ्गा बीमालाई अनिवार्य नगरी स्वैच्छिक बनाउनुपर्ने, तेस्रो पक्ष बीमामा दायित्व रकम बढाउनुपर्ने, मोटर बीमामा ह्रास कट्टीलाई न्यून गर्नुपर्ने, प्रहरी मुचुल्का र प्रहरी प्रतिवेदनमा देखिएको समस्या समाधान गर्नुपर्ने लगायतका विचार व्यक्त भएका छन् । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लगायतका पदाधिकारी, उद्योगी व्यवसायी, बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश र शाखा कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार